१३ वटा पुल निर्माण सम्पन्न, ५८ करोड बराबरको खर्च

काठमाडाैं | जेठ ३१, २०७९

१३ वटा पुल निर्माण सम्पन्न, ५८ करोड बराबरको खर्च सांकेतिक तस्बिर


गल्छी, मैलुङ, स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन्  । विस्तृत अध्यायन प्रतिवेदन (डिपिआर)ले औँल्याएका साना–ठूला ती पुलमध्ये  १३ वटाको निर्माण सम्पन्न भइसकेको  पुल निर्माणमा हालसम्म रु ५७ करोड ९५ लाख खर्च भइसकेको सडक सुधार आयोजनाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार सबै पुलको भारवहन क्षमता ४० टनसम्म हुने र निर्माण भइसकेका अधिकांश पुलबाटै सवारीसाधन ओहोरदोहोर भइसकेको जनाइएको छ । 

 

गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटरमध्ये हालसम्म २६ किमी सडकको निर्माण सम्पन्न भइसकेको छ । मैलुङ, गल्छी खण्ड सडक सुधारको जिम्मा पाएको कोभेट÷तुन्दी जेभी कन्ट्रक्शनको काम निरन्तर अगाडि बढिहेका कारण सो कम्पनीले हालसम्म ७४ प्रतिशत प्रगति हासिल गरिसकेको छ । मैलुङदबाट स्याफ्रुबेँसीसम्मको १९ किमी राजमार्ग सडक विस्तार जिम्मा लिएको भारत–सिद्विसाई कन्ट्रक्शन जेभीले भने आफूले जिम्मा लिएको कार्य पूरा नगरी गत फागुनदेखि निर्माणको काम छाडेको छ ।

 

राष्ट्रिय गौरवको राजमार्गमा काम अलपत्र पारि छाडेकाले सिद्विसाई जेभीको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने गृहकार्य भइरहेको सडक सुधार आयोजनाले जनाएको छ । भारत सिद्विसाईले रु ३५ करोड भुक्तानी लिएर निर्माणको काम छाडेपछि पटक–पटक कार्यक्षेत्रमा फर्कन आग्रह गरिएता पनि सम्पर्कमा नआएपछि नियमानुसार ठेक्का रद्दको प्रक्रिया अगाडि बढिसकेको छ  । आर्थिक वर्ष २०७२÷७३ देखि सुरू भएको सडक सुधार आयोजनामा रु छ अर्ब ५६ करोड खर्च भएको बताइएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्